फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाड प्रणाली गणतन्त्र कोरिया पुगेकोप्रति चीनको प्रतिक्रिया

(GMT+08:00) 2017-03-08 15:03:55

थाड क्षेप्यास्त्र प्रतिरोधी प्रणाली गणतन्त्र कोरियामा पुर्‍याइएको र तैनाथ गर्न लागिएको प्रति चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले मार्च सात तारिख पैचिङ्गमा भन्नुभयोः चीनले दृढताका साथ कदम चालेर आफ्नो सुरक्षा संरक्षण गर्ने र यसबाट हुनगएका सबै नतिजाको अमेरिका र गणतन्त्र कोरियाले जिम्मेवारी लिनुपर्छ।

अमेरिका र गणतन्त्र कोरियाले थाड क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई तैनाथ गर्ने कदमको चीनले दृढताका साथ विरोध गर्दै कडा शब्दमा सम्बन्धित पक्षले थाड प्रणालीसम्बन्धी कार्य रोक्ने र गलत बाटोमा नहिंड्न पनि चीनले ताकिता गरेको प्रवक्ता कङ्गले बताउनुभयो।

जानकारी तथा लेखहरु