फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा वृद्धाश्रमको गुणस्त्तरलाई माथि उकासिने

(GMT+08:00) 2017-03-08 18:42:41

चीनले वृद्धाश्रमको निर्माणलाई तीव्र पार्नुका साथै सम्पूर्ण रुपमा वृद्धाश्रमको गुणस्त्तरलाई माथि उकास्ने कुरा चिनियाँ नागरिक मामिला मन्त्रालयका प्रमुख ह्वाङ शु सेनले आज बताउनुभएको छ।

प्रमुख ह्वाङका अनुसार, हाल चीनमा वृद्धाश्रमको संख्या निकै कम रहेको र गुणस्त्तर कमजोर जस्ता समस्या देखा परेकाछन्। त्यसैगरी चीनले एकातिर वृद्धाश्रमको निर्माणलाई तीव्र पारी प्रौढ प्रत्याभूति बजारको विकास गर्नुका साथै अर्कातिर वृद्धाश्रमको गुणस्तरलाई सम्पूर्ण रुपमा माथि उकास्ने विशेष गतिबिधि चलाउने निर्णय गरेको छ।

अबउपरान्त चीनले आबास क्षेत्रमा वृद्ध प्रत्याभूति सेवालाई विकसित गर्नुका साथै वृद्धाश्रमको आधारभूत प्रबन्धको निर्माणलाई मजबुत पार्ने जानकारी पनि प्रमुख ह्वाङले दिनुभएको छ।

जानकारी तथा लेखहरु