फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक संकट टरेपछि गौतम बुद्ध विमानस्थल बनाउन चिनियाँ कम्पनी सक्रिय

(GMT+08:00) 2017-03-09 14:41:40

आर्थिक संकट परेपछि काम अघि बढाउन नसकेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार कम्पनीले काममा चासो दिएको छ। चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन् एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले अहिले काममा तिब्रता दिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताउनुभयो। शर्माका अनुसार ठेकेदार कम्पनीले एक हप्ता यतादेखि काममा तिब्रता दिएको छ। आर्थिक अभावका कारण मंसिर महिनादेखि काम राम्रोसँग अघि बढ्न सकेको थिएन ।

निर्माणका हिसाबले मंसिर पुस माघ फागुन र चैत्र महिना काम गर्न धेरै उचित मानिन्छ। तर, उल्लेखित महिनामै ठेकेदार कम्पनी आर्थिक संकटमा परेपछि उसले कामदारलाई समयमै तलब दिन सकेको थिएन। यही कारणले काम अघि बढ्न नसकेको शर्माको भनाइ छ।

अनलाईन खबरका अनुसार निर्माण कम्पनीले काम सम्पन्न गरेपछि आयोजनाबाट पैसा लिने गर्छ। तर, केही रकम भने ठेकेदार कम्पनीले निर्माण सुरु गर्नअघि नै लिएको थियो। यस्तो पेश्कीलाई प्रत्येक महिनाको बिल पेश गरेपछि रकम दिँदा कटौति गर्ने गरिएको शर्माको भनाइ छ। तर, कम्पनी आर्थिक संटकमा परेपछि अहिले आयोजनाले एड्भान्स स्वरुप दिएको 10 करोड रुपैयाँ बराबरको पैसा तत्कालका लागि नकाट्ने भएको छ। एशियाली बिकास बैंक र नागरिक उड्डयन प्राधिकरणले निर्माण पछिको रकम उपलब्ध गराइसकेका छन् । काममा ढिलाइ गरेपछि केही समयअघि आयोजनाले नर्थवेस्टसँग स्पष्टीकरणसमेत मागेको थियो।

जानकारी तथा लेखहरु