फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको 70 प्रतिशत व्यापार भारतसँग निर्भर

(GMT+08:00) 2017-03-09 14:45:59

भारतको कोलकाताका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले नेपालको 70 प्रतिशत व्यापार भारतसँग निर्भर रहेको बताउनुभएको छ। तेस्रो देशभन्दा पनि भारतसँग सबैजसो सामानमा अन्तरनिर्भर हुनुपरेकाले धेरै व्यापार भारतसँग हुने गरेको उहाँको भनाइ थियो।

बुधबार मकवानपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तरसंवादमा उनले मासिक पाँच हजार 500 कन्टेनर नेपाल आउने हुँदा यसको व्यवस्थापन गर्न र सजिलै नेपाल भित्रने वातावरण तयार गर्नका लागि आफूले काम गरिरहेको बताउनुभएको गोरखापत्र अनलाईनले जनाएको छ।

कोलकाताबाट नेपालसम्म सामान भित्रँदा तिर्नुपर्ने विभिन्न खाले कर, वीरगन्ज ड्राईपोर्टसम्म सामान आउन समस्या, ड्राईपोर्टमा लोडिङ, अनलोडिङको समस्या, रेलवेको समस्या, भन्सारको समस्या जस्ता विषयमा उद्योगीले जानकारी गराएका थिए। अन्य उद्योगका सञ्चालकले भारतबाट सामान आयात गर्दा भोग्नुपरेका समस्याका बारेमा महावाणिज्यदूत अर्याललाई जानकारी गराएका थिए।

जानकारी तथा लेखहरु