फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

(GMT+08:00) 2017-03-09 14:48:02

विश्व मिर्गौला दिवस आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ।

दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्‍याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएको छ।

नेपालमा कुनै न कुनै रुपमा 25 लाख भन्दा बढी मिर्गौला सम्वन्धी केही न केही रोगी रहेको अनुमान छ । मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक मिर्गौला परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन्।

मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान/मध्यपान नगर्न, शारीरिक व्यायाम गर्न र खानपानमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्।

मानिस 40 बर्ष नाघेपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमता घट्दै जाने भएकोले बढ्दो उमेरसँगै मिर्गौलालाई पनि हेरचाह गर्नुपर्ने मिर्गौला रोग विशेषज्ञहरुको भनाइ छ।

जानकारी तथा लेखहरु