फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग केही प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा सहभागी

(GMT+08:00) 2017-03-09 16:02:05

 

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग मार्च आठ तारिख चिनियाँ जन काङ्ग्रेस बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशनका केही प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा सहभागी हुनुभयो।

राष्ट्राध्यक्ष सीले सछ्वान प्रधिनिधिमण्डलको लेखाजोखा बैठकमा भाग लिएर महत्वपूर्ण सम्बोधन गर्नुभयो। उहाँले विगतका वर्षमा सछ्वान प्रान्तले प्राप्त गरेको उपलब्धीको प्रशंसा गर्दै भविष्यमा दृढताका साथ गरिबीलाई हटाउनेमा जोड दिनुभयो। चीनको ग्रामीण क्षेत्रमा विकास नयाँ ऐतिहासिक चरणमा प्रवेश गर्दै कृषिको मुख्य खण्ड कूल मात्राको अभावबाट आपूर्ति पक्षको बनौटमूखी खण्डमा परिवर्तन भएको राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो। त्यसैले द्रूत गतिले गाउँ क्षेत्रमा विकासको नयाँ शक्तिको निर्माण गरेर कृषिमा आधुनिक निर्माणको नयाँ परिस्थितिको स्थापना गर्नुपर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु