फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी नयाँ सरकारको मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघका विशेषदूतको धारणा

(GMT+08:00) 2017-03-09 16:05:11

संयुक्त राष्ट्र संघ मानव अधिकार मामिला उच्च विशेषदूत जेइद राआद अल हुस्सैनले मार्च आठ तारिख जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को 34औं सम्मेलनमा वार्षिक मानवअधिकार प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। उहाँले विशेष गरी अमेरिकी सरकारले मानव अधिकारसम्बन्धी केही प्रक्रियामा चासो व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति निराशा प्रकट गर्नुभएको छ।

प्रतिवेदनमा उहाँले अमेरिकी नयाँ आप्रवासी नीतिमाथि नजर पुर्‌याउँदै यस नयाँ नीतिले धेरै आप्रवासीलाई पक्राउ गर्नुपरेको उल्लेख गर्नुभयो। साथै उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार र न्यायाधीशका सामान्य गतिविधिप्रति समेत प्रतिक्रिया जनाउने गरेकाले आफूलाई निकै निराशा लागेको पनि प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु