फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानमा भएको आतंकवादी आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा

(GMT+08:00) 2017-03-09 16:08:32

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले मार्च आठ तारिख एउटा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सोही दिन अफ्गानिस्तानको राजधानी काबुलस्थित एउटा सैनिक अस्पतालमा गराइएको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। सुरक्षा परिषद्ले सकेसम्म प्रयास गरेर आतंकवादको प्रतिरोध गर्नुपर्नेमा जोड दिएको छ।

आक्रमणबाट एक सय बीस जनाको मृत्यु भएको छ भने केही घाइते भएको जनाइएको छ। उग्रवादी संगठन आईएसको स्थानीय शाखाले यस आक्रमणको जिम्मेवारी लिएको छ। सुरक्षा परिषद्ले गम्भीर शब्दमा यस आक्रमणको निन्दा गर्दै मृतक, घाइते भएका मानिसका परिवार, अफ्गानिस्तानी जनता र सरकारप्रति हार्दिक समवेदना र श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

जानकारी तथा लेखहरु