फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राज्य परिषद्को प्रेस कार्यालयद्बारा "सन् 2016 अमेरिकाको मानव अधिकार रेकर्ड" जारी

(GMT+08:00) 2017-03-09 18:19:21

अमेरिकाद्बारा जारी गरिएको "मानवअधिकारअभ्याससम्बन्धीविभिन्नदेशकोप्रतिवेदन"को प्रतिकृया जनाउनका लागि चीनको राज्य परिषद्को प्रेस कार्यालयले मार्च नौ तारिख "सन् 2016 अमेरिकाको मानव अधिकार रेकर्ड" र "सन् 2016 अमेरिकाले उल्लंघन गरेको मानव अधिकारमामिला"सार्वजनिक गरेको छ।

उक्त मानवअधिकार रेकर्डमा भनिएको छ, गत मार्च तीन तारिख अमेरिकी विदेश मन्त्रालयले "सन् 2016मानवअधिकारअभ्याससम्बन्धीविभिन्नदेशकोप्रतिवेदन"जारी गर्दै निरन्तर रुपमा "मानव अधिकारको निर्णायक"को नाउँमा विश्वका अन्य मुलुकका मानवअधिकार अवस्थाको जथाभावी मूल्याङ्कन गर्नुका साथै दोषारोपण गरेको छ। तैपनि अमेरिकाले आफ्नो देशमा मौजुद गम्भीर मानवअधिकारका समस्यालाई पटक्कै वास्ता गरेको छैन।

तथ्यकुराबाट के प्रमाणित हुन्छ भने सन् 2016 अमेरिकाको मानव अधिकार अवस्थाका केही महत्वपूर्ण भाग लगातार रुपमा बिग्रंदैआएको देखिएको छ।

जानकारी तथा लेखहरु