फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली "चिनियाँ टिभी सिरियल"को पहिलो प्रसारण समारोह काठमाडौंमा आयोजना

(GMT+08:00) 2017-03-09 18:51:12

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो तथा नेपाली राष्ट्रिय टेलिभिजन स्टेशनको संयोजकत्वमा रहेको "चिनियाँ टिभी सिरियल"को पहिलो प्रसारण समारोह मार्च नौ तारिख काठमाडौंमा आयोजना गरिएको छ। चिनियाँ राष्ट्रिय प्रेस प्रकाशन र रेडियो टेलिभिजन मुख्यालयको कार्य-टोलीले अन्तर्राष्ट्रिय रेडियोको तर्फबाट नेपाली राष्ट्रिय टेलिभिजन स्टेशनसमक्ष पहिलो प्रसारण कार्य अर्थात् तिब्बत कथा शीर्षकको नेपाली संस्करणको चिनियाँ वृत्त-चित्रको हस्तान्तरण गरेको छ। त्यस वृत्त-चित्रलाई नेपाली राष्ट्रिय टेलिभिजन स्टेशनको "चिनियाँ टिभी सिरियल"कार्यक्रममा प्रसारित गरिनेछ।

नेपाली राष्ट्रिय टेलिभिजन स्टेशनका प्रमुख महेश दाहालले उक्त हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै हाल दुवै देशका मिडिया संस्था बीचको विभिन्न प्रकारका सहकार्य योजनाहरू सचारु रुपमा चलिरहेको जानकारी दिनुभएको छ।

चिनियाँ राष्ट्रिय प्रेस प्रकाशन र रेडियो टेलिभिजन मुख्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सहयोग विभागका जिम्मेवार व्यक्तिले यस नेपाल भ्रमणको मुख्य उद्देश्य टिभी योजनालाई व्यवहारमा उतार्ने भन्ने रहेको कुरा बताउनुभएको छ।

जानकारी तथा लेखहरु