फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ रक्षामन्त्रीले छिट्टै नेपालको भ्रमण गर्दै

(GMT+08:00) 2017-03-10 14:07:36

नेपाल–चीन संयुक्त सैन्य अभ्यासको अवसर पारेर चिनियाँ रक्षामन्त्री छाङ् आन छ्वानले चैतको दोस्रो साता नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको छ। नेपाली समकक्षी बालकृष्ण खाँडले आफ्नो निमन्त्रणामा रक्षामन्त्री छाङ् नेपाल आउन लागेको जानकारी दिनुभयो। रक्षामन्त्री छाङ् पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरेको सरकारको पालामा नेपाल आउने सबैभन्दा उच्च चिनियाँ नेता हुनेछन्।

रक्षामन्त्री छाङ्को मैत्रीपूर्ण भ्रमणका अवसरमा सुरक्षा र हतियार किनबेच सम्बन्धी सम्झौताको कुनै तयारी नभएको मन्त्री खाँडले बताउनुभयो। नेपालखबर अनलाईनसँग कुरा गर्दै मन्त्री खाँडले चीनसँग हतियार किनबेचसम्बन्धी सम्झौता नभएपनि लजेस्टिक' सहयोगबारे छलफल हुनेछ।

राष्ट्रसंघीय शान्ति मिसनसँग सम्बन्धी सामाग्रीहरूको सहयोग भने हुन सक्ने बताउँदै उहाँले थप्नुभयो,- 'संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पाँच हजार नेपाली सेना जाने गरेकोमा त्यसलाई 10 हजार बनाउने हाम्रो लक्ष्य छ। त्यसको लागि चीनबाट लजेस्टिक सहयोग लिन चाहन्छौं। विश्व शान्तिका आवश्यक सामग्री उपलब्ध गराउनु भए हामी आभारी हुने भनेका छौं'।

चीनको केन्द्रीय सैन्य आयोगका सदस्य तथा स्टेट काउन्सिलका सदस्य समेत रहेका मन्त्री छाङ् र राष्ट्रपति सी जिनपिङबीच निकट सम्बन्ध रहेका मानिन्छ।चिनियाँ जनमुक्ति सेनाको जनरल हुँदै रक्षामन्त्री भएका छाङ्को नेपाल भ्रमणलाई राष्ट्रपति सीको नेपाल भ्रमणसँग पनि जोडिएर हेरिएको छ। रक्षामन्त्री खाँडले चिनियाँ रक्षामन्त्रीको भ्रमणले राष्ट्रपति सीको भ्रमण गराउन सहज भूमिका खेल्ने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु