फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संरचना तयार भएपनि तातोपानी नाका संचालनमा ढिलाई

(GMT+08:00) 2017-03-10 14:15:47

भूकम्पले क्षति पुर्‍याएको सीमावर्ती तातोपानी र तिब्बतको न्यालम क्षेत्रको पुनर्निर्माण सकिए पनि चीनको केन्द्रीय सरकारले निर्णय नगर्दा व्यापारिक कारोबार सञ्चालन हुन सकेको छैन। भूकम्प र भोटेकोसी बाढीले क्षतविक्षत भएको बाह्रबिसे–तातोपानी खण्ड 26 किमि सडक दुरुस्त बनाएको महिनाभन्दा बढी भएको छ । खासा र कुती क्षेत्रको पुनर्निर्माण सकिएको छ । दुवै क्षेत्रको पुनर्निर्माण सकिए पनि व्यापार सञ्चालन कहिलेबाट भन्ने अन्योल कायम छ। हालै खासामा भएको नेपाल र चीनका सीमा अधिकारीबीचको बैठकले नाका खुलाउने विषयमा गरेको छलफल निष्कर्षमा नपुगेको कान्तिपुरले लेखेको छ।

तिब्बतको न्यालाम जिल्लाका उपप्रमुख वाङ सिङ गाओ र सिन्धुपाल्चोकका कामु प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले नेतृत्व गरेको दुवै मुलुकका अधिकारीले सडक, भन्सार तथा क्वारेन्टाइन पहिलेकै अवस्थमा दुरुस्त बनाइएको जानकारी एकअर्काले गराएका थिए। चिनियाँ अधिकारीले आफूहरू पनि नाका खोल्न तयार रहेको र माथिल्लो निकायको निर्देशन कुरिरहेको बताएका छन्। तातोपानी नाका भूकम्प गएको 21 महिनादेखि बन्द छ।

वार्षिक 20 अर्बभन्दा बढीको आयात र पौने 3 अर्बको निर्यात हुँदै आएको थियो। चीनले भौतिक संरचना क्षतविक्षत भएकाले नाका सञ्चालन गर्न कठिन भएको बताउँदै आएको थियो। दुवैतर्फका भन्सारको पुरानै भवन मर्मत गरेर प्रयोगमा ल्याइएको छ।

जानकारी तथा लेखहरु