फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्षको विनिमय दर स्थिर रहने चीनको राष्ट्रिय बैंकका प्रमुखको भनाइ

(GMT+08:00) 2017-03-10 15:07:08

चीनको राष्ट्रिय बैंकका प्रमुख चौ स्याउ छुआनले मार्च दश तारिख पैचिङ्गमा बोल्दै विनिमय दरसम्बन्धी नीति ठूलो परिवर्तन नभएकोले यस वर्ष चिनियाँ युआनको विनिमय दर स्थिर रहने बताउनुभएको छ। यसका साथै सामान्य विनिमय दरको परिवर्तन त नियमित परिस्थिति हुने पनि उहाँले ठान्नुभएको छ।

गत वर्षको उत्तरार्धमा चिनियाँ युआनको विनिमय दरमा एक चरणको ठूलो परिधिबीचको परिवर्तन उत्पन्न भएकोले चीनको राष्ट्रिय बैंकका प्रमुख चौ स्याउ छुआनले यससम्बन्धी चिनियाँ जन काङ्ग्रेस राष्ट्रिय समितिको वार्षिक नियमित पत्रकार सम्मेलनमा व्याख्या गर्नुभएको हो।

यस वर्ष चीनको अर्थतन्त्र स्थिर हुने, आपूर्ति पक्षको बनौटमूखी सुधारमा केही उपलब्धी हासिल भएकोले विनिमय दरलाई एउटा स्थिर आधार बनाएको प्रमुख चौले बताउनुभएको छ।

जानकारी तथा लेखहरु