फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हावापानीको गुणस्तर सुधारमा उपलब्धी हासिल भएको वातावरण संरक्षण विभागको भनाइ

(GMT+08:00) 2017-03-10 15:08:23

मार्च नौ तारिख दिउँसो चिनियाँ जनकाङ्ग्रेस बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा वातावरण संरक्षण विभागका प्रमुख छन चीनिङ्गले देश विदेशका पत्रकारहरुसँग साक्षात्कार गर्नुभयो।

प्रमुख छनले हावापानी प्रदूषणको प्रतिरोध अभियान लागू भएदेखि यता चीनको हावापानीको गुणस्तर सुधार कार्यमा सक्रिय उपलब्धी हासिल भएकोले हाल यो अभियानको दिशा र उपाय सही भएको पुष्टी हुने विचार व्यक्त गर्नुभयो।

यस वर्ष वातावरण संरक्षण विभागले सम्बन्धित कार्यमा जोडतोडसँग सहायता पुर्‍याउने, दृढताका साथ हावा, पानी तथा भूमि प्रदूषण नियन्त्रण गर्दै जाने पनि प्रमुख छनले बताउनुभयो।

जानकारी तथा लेखहरु