फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुईटा अधिवेशनबाट विश्वको विकासलाई सही दिशा देखाउने

(GMT+08:00) 2017-03-10 18:24:19
हरेक वर्ष आयोजना गरिने चीनका दुईवटा अधिवेशनले सारा विश्वको नजरलाई आकर्षित गर्ने गरेको छ। चीनले दुईटा अधिवेशनमार्फत अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्नो महत्वपूर्ण भूमिकाको प्रदर्शन गर्नेछ। चीनका दुईटा अधिवेशनले सधैं नै सारा पृथ्वीको अर्थतन्त्रलाई स्थिर पार्ने र अर्थतन्त्रको पुनरुत्थानलाई अघि बढाउने कार्यमा अथक प्रयास गर्दैआएको छ। सारा संसारमा आर्थिक सङ्कटको नकारात्मक असर परे तापनि चीनको आर्थिक बृद्धि दरलाई यथावत् रुपमा 6.5प्रतिशतभन्दा बढी स्तरलाई कायम राखिंदैआएको छ। यस्तो दृष्टिबाट हेर्दा भविष्यमा चीनले अन्तर्राष्ट्रिय समाजमा अझ बढी रचनात्मक भूमिका निर्वाह गर्नसक्ने छ। चिनियाँ मामिला सम्बन्धी हिन्दी भाषा विशेषज्ञ अनिल आजाद पाण्डेले हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिंदै उक्त कुरा औंल्याउनुभएको हो।

चीनका दुईटा अधिवेशनले चीनका आन्तरिक समस्याको समाधान गर्नसकेको मात्र नभई सारा विश्वसामु देखा परेको चुनौतीको सामना गर्न, विश्व अर्थतन्त्रको पुनरुत्थानलाई प्रबर्द्धन गर्न र समाजको भावी विकासका लागि सही दिशा देखाउने कुरा पनि विशेषज्ञ अनिलले बताउनुभएको छ।

जानकारी तथा लेखहरु