फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस साता दक्षिण एशियाका महत्वपूर्ण समाचारहरु

(GMT+08:00) 2017-03-11 14:13:03

मार्च पाँच तारिख चिनियाँ जनकाङ्ग्रेस बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन पैचिङ्गमा उद्धाटन भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले अधिवेशनमा चिनियाँ सरकारको कार्य प्रतिवेदन प्रस्तुत गर्नुभयो। अधिवेशनमा सहभागि भएका चीनका लागि पाकिस्तानका राजदूत मसूद खालिदले उक्त कार्य प्रतिवेदनले चीन सरकारले आर्थिक विकास, रोजगारी प्रबर्द्धन, विकास सिर्जना आदि क्षेत्रमा चुनौतीको सामना गर्ने विश्वास देखाएको बताउनुभएको छ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले एक पेटी एक मार्ग परियोजनाको निर्माणले नेपाल र विभिन्न विकासोन्मुख मुलुकलाई ठूलो विकासको मौका ल्याउनुका साथै यस परियोजनाले नेपाली आर्थिक सामाजिक विकास, जनताको जीवनस्तर सुधारमा पनि सक्रिय प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो।

चीनका लागि श्रीलंकाका राजदूत करुनासेना कोदितुवाक्कुले अन्तर्वार्ता दिंदै चीनको दुई ठूला वार्षिक अधिवेशनमा चीनका विभिन्न क्षेत्रका प्रतिनिधिहरु भेला भएर चीनको भविष्यको विकासका लागि विभिन्न सुझाव र प्रस्ताव प्रस्तुत गर्ने भएकाले चिनियाँ जनतालाई प्रभाव पार्ने मात्रै नभई विश्वलाई नै प्रभाव पार्ने धारणा राख्नुभयो।

हिन्दुस्तान अखवारले 'चिनियाँ दुईटा अधिवेशनले अर्थतन्त्रमा ध्यान दिने'शीर्षकमा एउटा लेख प्रकाशित गर्दै सरकारको कार्य प्रतिवेदनमा सन् 2016 चिनियाँ आर्थिक वृद्धि दरलाई सार्वजनिक गर्नुका साथै सन् 2017को विकासको खाका पनि कोरिएको उल्लेख गरेको छ।

यस बाहेक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो तथा नेपाली राष्ट्रिय टेलिभिजन स्टेशनको संयोजकत्वमा रहेको "चिनियाँ टिभी सिरियल"को पहिलो प्रसारण समारोह मार्च नौ तारिख काठमाडौंमा आयोजना गरिएको छ। नेपाल टेलिभिजनका प्रमुख महेश दाहालले उक्त हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै हाल दुवै देशका मिडिया संस्थाबीचको विभिन्न प्रकारका सहकार्य योजनाहरू सुचारु रुपमा चलिरहेको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु