फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमपात भएपछि यार्सागुम्बा उत्पादनमा वृद्धि हुने किसानहरुको अपेक्षा

(GMT+08:00) 2017-03-11 14:27:53

गत बुधबारदेखिको लगातार वर्षापछि डोल्पा जिल्लाभर हिमपात सुरु भएको छ। झन्डै तीन महिनाको चरम खडेरीपछि परेको वर्षासँगैको भारी हिमपातले कृषिजन्य उत्पादनमा वृद्धि हुने आशामा डोल्पाली कृषकमा उत्साह छाएको सेतोपाटी अनलाईनले लेखेको छ।

खाद्यवस्तु उत्पादन घट्ने भन्दै किसान चिन्तित भएका थिए तर ढिलै भए पनि वर्षा भएको छ, यसबाट गरिखाने कृषकलाई केही भए पनि राहत भयो। यस पटकको वर्षासँगैको हिमपातले उत्पादन परिमाणमा समेत 10 प्रतिशतले वृद्धि हुने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ।कर्णालीमै स्याउ, ओखर, आरुलगायत फलफूल उत्पादनमा डोल्पा पकेट क्षेत्रका रुपमा चिनिन्छ। लामो समयसम्मको खडेरीले पशु चरन क्षेत्र पनि सुकेको थियो।

यसपालिको भारी हिमपातले डोल्पामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको परिमाण तथा गुणस्तरमा समेत वृद्धि हुने जिल्ला वन कार्यालय, डोल्पाले जनाएको छ। यहाँ यार्सागुम्बा पाइने पाटनहरु मात्र 300 भन्दा बढी रहेका छन्। ती पाटनमा वर्षमा हजारौँ किलो यार्सागुम्बा सङ्कलन गरिन्छ। बहुमूल्य जडीबुटी यार्सागुम्बा उच्च हिमाली क्षेत्रका तीन हजार 500 देखि चार हजार मिटरसम्मको उचाइमा पाइने भएकाले यसका लागि अत्यधिक चिसो र समयमै हिमापात आवश्यक पर्ने वन कार्यालयले जनाइएको छ। यस वर्ष समयमै भारी हिमपात र वर्षा भएकाले तुलनात्मक रुपमा यार्सागुम्बा धेरै पाइने स्थानीय यार्सा सङ्कलकको दाबी छ। यार्सागुम्बा सङ्कलनका लागि बर्सेनि हजारौँ सर्वसाधारण डोल्पाका यार्सागुम्बा पाटनमा पुग्ने गर्छन्।

जानकारी तथा लेखहरु