फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको हिमाली जिल्लामा नुनखानीबाट नुन उत्पादन गर्न सकिने

(GMT+08:00) 2017-03-11 14:29:49

लामो समयदेखि खेर गइरहेको मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीमा तत्काल नुन उत्पादन गर्न सकिने सम्भावना देखिएको छ । आपूर्ति मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरी नेतृत्वको टोलीले फागुन दोस्रो साता गरेको स्थलगत अध्ययन र स्थानीयवासीसँगको साक्षात्कारपछि तत्काल नुन उत्पादन गर्न सकिने निष्कर्ष निकालेको हो । गोरखापत्र अनलाईनका अनुसार यही आशयका साथ टोलीले केही दिनमै सरकारलाई प्रतिवेदन बुझाउन लागेको सहसचिव गिरीले जानकारी दिनुभयो।

टोलीमा गिरीसँगै मन्त्रालयका उपसचिवद्वय दिलकुमार शर्मा र लक्ष्मी बाँस्कोटा सहभागी हुनुभएको थियो । नुनखानीको पहाडै देखिएपनि उत्पादन हुन नसक्दा त्यस क्षेत्रकै स्थानीयवासी आयातीत नुन उपभोग गर्न बाध्य छन् । 20 वर्षअघि सम्म स्थानीय र साल्ट ट्रेडिङ कर्पोरेसनले ठेकेदारमार्फत उत्पादन गरेपनि अहिले त्यो पूर्णरुपमा बन्द छ। गत जेठ महिनामा तत्कालीन उद्योगमन्त्रीको उच्चस्तरीय प्राविधिक टोलीले नुनखानीको अध्ययन गर्दै उत्पादनका लागि आवश्यक प्रक्रिया बढाउन सरकारले प्रतिवेदन नै बुझाएको थियो। सडकमार्गको पहुँच र नुनखानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइपलाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने देखिएको सहसचिव गिरीले जानकारी दिनुभयो। नुनखानीबाट उत्पादित नुनमा आयोडिन कम हुने हल्ला गरेपनि त्यसको अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन। बीस वर्षअघि सम्म मुस्ताङसहित म्याग्दीको उपल्लो भेगका सर्वसाधारणले त्यसैबाट उत्पादित नुन उपभोग गर्थे।

जानकारी तथा लेखहरु