फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पार्क ग्यून ह्वेमाथिको महाभियोगप्रति चीनको प्रतिकृया

(GMT+08:00) 2017-03-11 14:52:31

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले दश तारिख दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून ह्वेमाथि महाभियोग लगाइएको विषयबारे चर्चा गर्दै दक्षिण कोरियाले आफ्नो राजनीतिक परिस्थितिलाई स्थिर रुपमा कायम राख्नसक्ने चीनको आशा प्रकट गर्नुभएको छ। साथै उहाँले चीन र दक्षिण कोरियाबीचको सम्बन्धलाई स्वस्थ विकासको बाटोमा फर्काउनका लागि आईपरेका बाधा हटाउन र थाड क्षेप्यास्त्र विरुद्ध प्रणालीको तैनाथ बन्द गर्न दक्षिण कोरियालाई पुन:एकपल्ट ताकिता गर्नुभएको छ।

हाल चीन र दक्षिण कोरिया बीचको सम्बन्धको विकासमा मौजुद सबैभन्दा ठूलो कठिनाई थाड समस्या नै हो। त्यस समस्यामा चीनको अडान निकै स्पष्ट र अडिग रहंदैआएको कुरामा प्रवक्ता कङले जोड दिनुभएको छ।

दक्षिण कोरियाले चीनको ख्याल-विचारको सही व्यवहार गरेर जनताको आवाज सुनी दुवै देश बीचको सहयोग र क्षेत्रीय शान्ति तथा स्थिरताको आधारमा सबै तैनाथी कार्य बन्द गर्नसक्ने आशा चीनले गरेको कुरा पनि प्रवक्ता कङले औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु