फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको गलत हो? अमेरिकाका चार किसिमका ह्रदय रोगको उपचारको आवश्यकता

(GMT+08:00) 2017-03-11 15:16:23

हालै अमेरिकाले केही कदम चालेको छ कि? 'कार्ल भिन्सोन'नामक विमानवाहक पानीजहाज दक्षिण चिनियाँ सागरमा प्रवेश गरेको छ जसबाट अमेरिकाका तीनवटा विमानवाहक पानीजहाज एशियामै आइपुगेका छन्। 'युद्धरत क्षेत्रको उच्च क्षेत्रको प्रतिरक्षा प्रणाली'अर्थात् थाडको प्रक्षेपण तख्ता दक्षिण कोरियामा पुर्‍याई अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासबाट कोरियाली प्रायद्बीपको परिस्थितिलाई जटिल पारिएको छ। साथै अमेरिकाले सार्वजनिक गरेको सबैभन्दा पछिल्लो तथ्याङ्कमा चीनसँगको व्यापारमा घाटा सम्पूर्ण घाटाको सतचालिस प्रतिशत भएकोले अमेरिकामा रोजगारी दर घटेको जनाइएको छ। ती सबै कदमहरुको एउटै मात्र लक्ष्य छः चीन।

चिनियाँ परम्परागत चिकित्सा वमोजिम, मानवजातिको शरिर तथा ह्रदय बीच घनिष्ट सम्बन्ध रहेकोले कुनै शारीरिक समस्या वास्तवमा मानसिक समस्या हो भने आधुनिक विज्ञानबाट पनि मानसिक तथा शारीरिक अवस्थाबीच निकै घनिष्ट सम्बन्ध रहेको प्रमाणित गरिसकेको छ। यस्तो सिद्धान्त देश-देशको अवस्थासँग पनि अनुकूल हुन्छ। हालै अमेरिकाले सैनिक होस् वा आर्थिक क्षेत्रमा चीनलाई प्रहार गरेका कारण नै ह्रदय रोग लागेको हो। ती रोगहरु यस प्रकार छनः

एक, अहंकार

बितेका दशौं वर्षमा पश्चिमी केन्द्रबादी विचार आधारित अमेरिकाले राजैतिक, आर्थिक , सांस्कृतिक तथा सहयोग आदि तवरले विश्वमा आफ्नो मूल्य मान्यताहरुको विस्तार गर्दै चीन लगायतका मुलुकहरुको मानवअधिकार अवस्थाको आलोचना गर्दै आएको छ। उता चीन विश्वको दोस्रो ठूलो आर्थिक एकाइ बनेको'चिनियाँ शैली'विश्वमा ध्यानाकर्षणको केन्द्र बनेको छ। बितेका केही वर्षमा अमेरिकाले मध्य पूर्व, पूर्वी यूरोपमा खडा गरेका केही प्रजातान्त्रिक नमूनाहरुमा पनि धेरै समस्या देखा परेका छन्। ती तथ्यहरुबाट हेर्दा अहंकार देखाउँदै अमेरिकाले आफ्नो मूल्य मान्यताहरु विस्तार गर्न कोशिश गरेतापनि अमेरिकाको रङ्ग उड्दै गएको स्वाभाविक रुपमा देखिन्छ।

दोस्रो, आफ्नो आङ्को भैँसी नदेख्नु, अर्काको आङ्को जुम्रा देख्नु।

चीनमा सुधार तथा खुलापन नीति लागू हुनुअघि अमेरिकाको नेतृत्वमा रहेको पश्चिमी मुलुकहरुले बहु क्षेत्रमा अर्थतन्त्र पिछडिएको चीनलाई भाग लिन दिँदैनथे। सुधार तथा खुलापन भएपछि सन्2009मा चीन विश्वको दोस्रो ठूलो आर्थिक एकाइ बन्यो। अन्तर्राष्ट्रिय मौद्रिक संकट उत्पन्न भएपछि अमेरिकाले आफूले विद्यमान समस्याको समाधान गर्न नसकेको देखेर चीन लगायतका विकासोन्मुख मुलुकसँगै समाधानका उपाय खोज्ने प्रस्ताव गर्‍यो र जी-सातलाई जी-बीससम्म विस्तारित गर्‍यो। आरएमबी अन्तर्राष्ट्रिय मुद्रा कोषमा संचय मुद्रामा समावेश गराइएको छ भने चीनबाट प्रस्तावित एक पेटी एक मार्गमा धेरै प्रगति हासिल गरिएको छ। बितेका केही वर्षमा चीनले हासिल गरेका उपलब्धिहरुले विश्वलाई आश्चर्यचकित पारेका छन्। यस क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'अमेरिका नम्बर एक' को नारा चिच्याउनुको अर्थ अरु गरीब मुलुकको जीवन राम्रो बनेको रहेछ तर आफ्नो देशको गाह्रो हुँदै जाने देखिन्छ। वर्तमान अवस्थालाई सुधार गर्ने उपाय पत्ता लगाउनुपर्छ।

तेस्रो, आफ्नो जिम्मा अरुको काँधमा पन्छाउनु

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षात्मक प्रक्षेपण गर्नुका साथै दक्षिण कोरियाले थाड प्रणाली बन्दोबस्त गरेकोले हालै कोरियाली प्रायद्बीपको परिस्थिति फेरि तनावपूर्ण बनेको छ। चीनले उत्तर कोरियाको प्रक्षेपणको जिम्मा लिनुपर्ने अमेरिकाको भनाई छ। तर वास्तवमा उत्तर कोरियाको आणविक परिक्षणको संकट अमेरिकाले निम्त्याएको हो र यसको ठोस समस्या सुरक्षा समस्या हो र उत्तर कोरिया तथा अमेरिका बीच अविश्वासिलो सम्बन्ध हो। उत्तर कोरियाले प्रक्षेपण गरेपछि नाकाबन्दी लगाउनु वा सैन्य दबाव दिनु भन्ने कुरा कराउँदै आएको मुलुक अमेरिका हो भने सम्बद्ध पक्षहरुले वार्तामार्फत् विद्यमान समस्याको समाधान गर्न आह्वान चीनले गर्दै आएको छ।

चीन अमेरिका व्यापारबाट हेर्दा व्यापारको घाटालाई निहुँ बनाएर चीनलाई दोष लगाउनु वा चिनियाँ मुद्रा आरएमबीको मूल्य बृद्धि गर्न अमेरिकाले दबाव दिँदै आएको छ। वास्तवमा चीनको आर्थिक विकासले अमेरिकीहरुको रोजगारी मौकालाई कटौती गर्नुको सट्टा अमेरिकी अर्थतन्त्रमा योगदान दिँदै आएको छ र चीन अमेरिकाको आर्थिक बृद्धिमा महत्वपूर्ण योगदानकर्ता भएको मान्नुपर्छ।

चार, साझा जीतको सट्टा हारजितको मनस्थिति

पश्चिमा मुलुकहरुको विचारमा नवस्थापित मुलुकहरुले विकसित मुलुकहरुलाई चुनौती दिने र ती मुलुकमा नियन्त्रण कायम गर्नेछन्। चीनको विकास क्रममा अमेरिकाले समयमै नियन्त्रण नगरेमा भविष्यमा विश्वको प्रथम स्थान अमेरिकाको सट्टामा चीन हुने विचार लिएर द्बन्द्बको अडान लिइरहेको छ। तर शान्तिपूर्ण विकासको बाटो छानेको चीनले द्बन्द्बविना, प्रतिरोधबिना आपसी समानता र सहयोग हुने नयाँ ढाँचाको चीन-अमेरिका सम्बन्ध स्थापना गर्ने आह्वान गर्दै आएको छ।

फराकिलो प्रशान्त महासागरमा चीन तथा अमेरिका दुईटै मुलुकलाई समावेश गराउन सकिन्छ। चीन-अमेरिका आर्थिक सम्बन्धमा साझा हित धेरै भएको बेलामा आज अमेरिकाले चीनलाई दिँदै आएको दबाव तथा चीनमाथि लगाउँदै आएको नियन्त्रणका कदमहरुको वस्तुगत अर्थ दुवै पक्षलाई क्षति पुर्‍याउनु नै हो। हृदय रोगको उपचार गर्दा उचित औषधीको प्रयोग गर्नुपर्छ। पश्चिमी ‌औषधी अमेरिकाको लागि काम लाग्दैन भने चिनियाँ औषधी प्रयोग गरेर फेरि शक्तिशाली बन्न खोजे अमेरिकाका लागि हानिकारक हुनसक्छ।

जानकारी तथा लेखहरु