फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काङ्ग्रेस सभापति र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका महानिर्देशक बीच काठमाडौंमा भेटवार्ता

(GMT+08:00) 2017-03-12 14:37:26

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशक युन जिविङबीच भेटवार्ता गर्नुभएको छ। सभापति देउवाको निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नेपालको वर्तमान समसामयिक राजनीतिक अवस्था तथा नेपाल–चीनबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको थियो।

उक्त भेटघाटमा चिनियाँ प्रतिनिधिमण्डलका नेताले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध बढी प्रगाढ बनेको तथा यसलाई थप सुदृढ र प्रगाढ बनाउन चाहेको बताए। चिनियाँ प्रतिनिधिमण्डलले सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणा दिँदै चिनियाँ नेता तथा जनता देउवालाई चीनमा स्वागत गर्न उत्सुक रहेको बताएका थिए।

उक्त भेटघाटका क्रममा सभापति देउवाले नेपाल एक चीन नीतिप्रति कटिबद्ध रहेको र यसमा शङ्का गर्नुपर्ने कुनै आवश्यकता नरहेको आग्रह गरेको नेपाल खबर अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु