फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटनको सिजन सुरु हुँदै गर्दा नेपाली पर्यटनमा सकारात्मक संकेतहरु

(GMT+08:00) 2017-03-12 14:39:01

चालू सिजन सुरुवातसँगै पर्यटन क्षेत्रमा सकारात्मक सुधारहरू देखिन थालेका छन्। पर्यटनको सिजन सुरु भएसँगै होटल, ट्राभल, ट्रेकिङ तथा एक्सिपिडिसन सबैजसो क्षेत्रमा पर्यटक आगमनदरले गति लिएको व्यवसायीहरूले जनाएका छन्।

गत सिजनमा होटलतर्फ 55 प्रतिशतमा रहेको अकुपेन्सी चालू सिजनको सुरुवातमै 60 प्रतिशत अकुपेन्सी रहेको व्यवसायीले जनाएका छन्। "व्यवसायीहरूले दिएको तथ्यांकअनुसार अहिले अकुपेन्सी राम्रो रहेको छ र यतिबेला नै 60 प्रतिशतमा पुगेको छ," होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाहले भन्नुभयो। गत वर्ष यो समयमा 50 प्रतिशत मात्रै अकुपेन्सी थियो।

पर्वतारोहण तथा ट्रेकिङ सिजन सुरु हुने क्रममा रहेकोले पर्यटक आउने क्रम पनि सुरु भएको तथा भूकम्प तथा नाकाबन्दीका कारण खस्केको पर्यटक आगमनदर सन् 2017 को अन्त्यसम्ममा 'रिकभर' भइसक्ने कारोबार अनलाईनले लेखेको छ। अहिलेको आगमनदर हेर्दा अन्त्यसम्ममा 8 लाख 50 हजारभन्दा बढी पर्यटक आउने दाबी समेत शाहले गरेका छन्। सन् 2016 मा 7 लाख 53 हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो संख्या सन् 2015 को तुलनामा 40 प्रतिशतले बढी हो। नेपाल आउने पर्यटकको लागि 70 प्रतिशत खर्च हवाई भाडामै हुने भएकोले पनि पूर्वाधारमा जोड दिन आवश्यक रहेको उहाँको भनाइ छ।

नेपालमा चीनका ठुला शहरहरूमा सिधा उडान गर्न नसक्दा चिनियाँ पर्यटक बढ्न नसकेको बताउँदै शाहले निगमले जहाज किन्ने र विमानस्थल निर्माणमा जोड दिन आवश्यक रहेको बताउनुभयो। सन् 2019 सम्ममा 10 वटा ठुला पाँच तारे होटल थपिने निश्चित भएको शाहले जानकारी दिनुभयो। केही वर्षपछि नेपालमा पाँच तारे होटलको संख्या 28 पुग्ने पक्का छ। निर्माणको चरणमा रहेका तीनतारे र चारतारे होटलको संख्या पनि दुई दर्जनभन्दा बढी छ।

यसैबीच आरोहणको सिजन सुरु हुनैलाग्दा पर्यटन व्यवसायीहरूले चालू वर्ष पनि गतवर्षको भन्दा दोब्बर हाराहारीमा आरोहण गर्न आरोहीहरू नेपाल आउने दावी गरेका छन्। वर्षौंदेखिको योजना भएकोले चालू सिजनको लागि तीन÷चार वर्ष अगाडिदेखि नै तयारी गर्ने भएकोले यस वर्ष पनि गत वर्षको तुलनामा दोब्बर हाराहारीमा आरोहीहरू आउने दाबी नेपाल पर्वतारोहण संघ (एनएमए) अध्यक्ष आङछिरिङ शेर्पाले गर्नुभयो। सन् 2015 मा 103 आरोहण दलका 8 सय 1 जना आरोही रहेका थिए। भूकम्पका कारण हुन नसकेको आरोहण गतवर्ष सरकारले दुई वर्षको लागि निशुल्क दिने निर्णय गरेसँगै यस वर्ष नयाँ र पहिले लिएका गरी झन्डै 2 सय आरोहण दल हुने दाबी शेर्पाले गरेका छन। सन् 2016 मा पनि 1 सय दलले आरोहण गरेका थिए।

जानकारी तथा लेखहरु