फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कारखाना विस्तार गर्नका लागि दक्षिण कोरियाली कम्पनी नेपाल आउँदै

(GMT+08:00) 2017-03-12 14:41:20

दक्षिण कोरियाको निर्माण कम्पनी एसवाई प्यानलले नेपालमा कारखाना विस्तार गर्ने तयारी गरेको छ। सुरु चरणमा 1 करोड अमेरिकी डलर (1 अर्ब रुपैयाँभन्दा बढी) को प्रस्तावित परियोजना लिएर त्यसका उच्च अधिकारी काठमाडौ पुगेको ईकान्तिपुर अनलाईनले लेखेको छ।

त्यसका लागि कम्पनी दर्ता र वैदशिक लगानी स्वीकृतिको प्रक्रिया अघि बढाइएको अध्यक्ष होङ योङ–डनले जानकारी दिनुभयो। एसवाई प्यानल कम्पनीले कोरियामा धातुको प्रयोगबाट अग्ला–अग्ला भवन निर्माण गरेको छ।

कोरियामा 50 कारखाना रहेको यसले आफूलाई चीन, भियतनाम र इन्डोनेसियामा विस्तार गरिसकेको छ। 'यो अत्यन्त छिटो निर्माणको प्रविधि पनि हो', शनिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष होङले भन्नुभयो, 'नेपालमा कानुनी प्रक्रिया पूरा गरेको 6 महिनामा कारखाना निर्माण गर्ने लक्ष्य छ । भूकम्पपछिको पुनर्निर्माणलाई वैकल्पिक र भरपर्दो उपाय दिनु पनि हाम्रो उद्देश्य हो।'

जानकारी तथा लेखहरु