फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैदेशिक व्यापारको लक्ष्य पूरा गर्ने चीनका वाणिज्य मन्त्रीको विश्वास

(GMT+08:00) 2017-03-12 14:52:47

चीनका नवनियुक्त वाणिज्य मन्त्री चौङ्ग शानले मार्च एघार तारिख पैचिङ्गमा बोल्दै यस वर्ष विदेशी व्यापारसमक्ष अनिश्चितता र अस्थिर कारकतत्व धेरै भएतापनि चीनले यस वर्ष वैदेशिक व्यापारको लक्ष्य पूरा गर्ने विश्वास लिएको बताउनुभएको छ।

मन्त्री चौङ्ग शानले चीनको वैदेशिक लगानी मन्द नहुनेमा जोड दिनुका साथै बौद्धिक सम्पदा अधिकारको संरक्षण, सरकारको खरिद आदि क्षेत्रमा चिनियाँ पूँजीको व्यवसाय र विदेशी पूँजीको व्यवसायले एउटै मौका पाउने धारणा राख्नुभयो।

यस वर्षको अघिल्ला दुई महिनामा चिनियाँ आयात निर्यातमा बीस दशमलव छ प्रतिशतले वृद्धि भएको छ।

जानकारी तथा लेखहरु