फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्बारा"पानी जहाज चलाउने स्वतन्त्रता"मा चीनमाथि अवरोधको आरोप

(GMT+08:00) 2017-03-12 15:11:48

अमेरिकी रक्षा मन्त्रालयले हाल "सन् 2016 पानी जहाज चलाउने स्वतन्त्रता सम्बन्धी वार्षिक प्रतिवेदन" जारी गर्दै दक्षिण चीन सागरमा अझ बढी सामुद्रिक अधिकार खोज्नुका साथै दक्षिण चीन सागरमा जहाज चलाउने स्वतन्त्रता चीनले हनन् गरेको आरोप लगाएको छ। अमेरिकाले यस्तो निहुँ खोजेर चीनको सार्वभौमिकता र सामुद्रिक हक-अधिकारमाथि पुन: चुनौती दिएको छ। वास्तवमा चीनले तर्जुमा गरेको समुद्री मण्डलको आधारभूत बिन्दुको मापदण्ड "संयुक्त राष्ट्र संघको समुद्र ऐन सन्धि"का विभिन्न नियम अनुकूल छ। पहिले, अहिले अथवा भविष्य जुनसुकै बेलामा पनि सम्बन्धित कानून कार्यान्वयन गर्दै कुनै पनि पानी जहाज दक्षिण चीन सागरमा चल्दा चीनले कहिल्यै पनि त्यसमाथि अवरोध गरेको छैन।

वास्तवमा जुनसुकै मुलुकको वैधानिक पानी जहाज संचालनको स्वतन्त्रतामा अवरोध गर्नु त परै जाओस् बरु चीनले धेरै खर्च गरी निर्माणाधीन टापुहरूमा जम्मा पाँचवटा ठूला प्रकाश स्तम्भ पनि स्थापना गरेको छ। सबैलाई थाहा भएको कुरा हो, प्रकाश स्तम्भ समुद्रमा पानी जहाज चलाउने सुरक्षाका लागि महत्वपूर्ण संकेत दिइने सार्वजनिक सेवागत प्रबन्ध नै हो। त्यो चीनले दक्षिण चीन सागरमा पानी चलाउने स्वतन्त्रतालाई प्रत्याभूति दिनका लागि गरेको महत्वपूर्ण योगदान नै हो। किनकि ती प्रकाश स्तम्भहरूले चिनियाँ पानी जहाजलाई सेवा प्रदान गरेको मात्र नभई विश्वका अन्य मुलुकका पानी जहाजलाई पनि संकेत सेवा प्रदान गर्ने गर्दछन्। के भन्नसकिन्छ भने दक्षिण चीन सागरको किनारमा पर्ने सबभन्दा ठूलो मुलुकको हैसियतले चीनले पानी जहाज चलाउने स्वतन्त्रतामा अवरोध गरेको छैन, बरु चीनले त्यसमा यात्रा गर्ने विभिन्न देशका पानी जहाजको स्वतन्त्रतालाई सक्दो ठूलो सुविधाजनक पूर्वाधारको सिर्जना गरेको छ।

जानकारी तथा लेखहरु