फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सौर्यले जेट विमान थप्यो

(GMT+08:00) 2017-03-13 18:20:51

नेपालको आन्तरिक हवाई रुटमा जेट विमान उडाउँदै आएको सौर्य एयरलाइन्सले हिजो आइतबार 50 सिट क्षमताको दोस्रो विमान ल्याएको छ। यस एयरलाइन्सका प्रवन्ध निर्देशक गोपाल भट्टराईका अनुसार, सन् 2003 मा बनाइएको यो विमानको मूल्य 1 अर्ब रुपैयाँ परेको कान्तिपुर अनलाइनले लेखेको छ।

क्यानडाको बम्बार्डियर इन्कले उत्पादन गरेको यो विमान सिआरजे (क्यानडियन रिजनल जेट–20 0 ) मोडल हो। 14 वर्षअघि यो विमान साउथ अफ्रिकन एक्सप्रेस एयरवेजका लागी बनाइएको थियो। नेपालको नियमले 15 वर्षसम्म उडेको पूरानो जहाज ल्याउन छुट छ।

प्रवन्ध निर्देशक भट्टराईका अनुसार, केही महिनायता यो विमान उक्त एयरवेजबाट एउटा अमेरिकी कम्पनीले खरिद गरेको थियो। त्यही कम्पनीबाट सौर्यले यो विमान खरिद गरेको उहाँले बताउनुभयो। 'अफ्रिकन कम्पनी हुदै अमेरिकी कम्पनीको स्वामित्वबाट हामीले खरिद गरेका हौं। यस्को इन्जिन ओभरहल (पुरै मर्मत ) गरेर जीरो आवरको राखिएको छ,' उहाँले भन्नुभयो।

सौर्यका अपरेशन म्यानेजर बिबेचन खनालका अनुसार, यो विमान फागुन 25 मा अमेरिकाबाट काठमाडौंका लागी ( फेरी उडान) उडाइएको थियो। अमेरिकाबाट क्यानडा, आइसल्याण्ड, फिनल्याण्ड, अजरबैजान हुँदै पाचौं दिनमा 50 सिटे विमानलाई तीन जना अमेरिकी पाइलटले आइतबार काठमाडौं अवतरण गराएका थिए।

यसलाई नागरिक उड्डयन प्राधिकरणले नाइनएन–एएमई रजिष्ट्रेशन नम्बर दिएको छ। नेपाली आकासमा उड्नेमध्येको सबैभन्दा कान्छो एयरलाइन्सले 071 मंसिर 1 गतेदेखी काठमाडौं–बिराटनगर–काठमाडौं (सुगम रुट) मा चार्टर उडान थालेको थियो। प्राधिकरणको नियम अनुसार, एउटा मात्रै विमान भएको एयरलाइन्सले सेडियुल (तालिका) उडान भर्न पाइदैन्।

सौर्यका मार्केटीङ्ग प्रमुख मुकेश खनालका अनुसार, अबको एक महिनाभित्र सौयले अन्य एयरलाइन्सले जस्तै सेडियुल उडान गर्ने छ। उहाँका अनुसार, एउटा जहाजमार्फत भद्रपुर, बिराटनगर र नेपालगंजमा मात्रै उडान भर्दै आएको यस एयरलाइन्सले अब धनगढी, भैरहवा र विराटनगरमा नियमित उडान गर्ने जनाएको छ । उनले सौर्यले अब माउन्टेन (पर्वतीय) उडान पनि थाल्ने जनाएको छ।

दोस्रो सिआरजे विमान थपिएसँगै थप 6 जना नया पाइलट भर्ना गरिने प्रक्रिया थालिसकेको कम्पनीले जनाएको छ। जेट इन्जिन भएकाले यो विमानले अन्य ट्रब्रोप्रोप इन्जिन भएका विमानको दाजोमा 15 मिनेट हाराहारी चाडो पुर्‍याउँछ।

http://kantipur.ekantipur.com/news/2017-03-12/20170312203457.html

जानकारी तथा लेखहरु