फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो लुम्बिनी पिस म्याराथनको उपाधि सेनाका होमलाललाई

(GMT+08:00) 2017-03-13 18:21:10

तेस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी कपिलवस्तु फर्केको दिन फाल्गुन शुक्ल पूर्णिमाको अवसर पारेर बुद्धजन्मस्थल लुम्बिनीमा पिस म्याराथन आयोजना गरिएको सेतोपाटी अनलाइनले लेखेको छ। 42 दशमलव 195 किलोमिटरको दुरी होमलालले 2 घण्टा 22 दशमलव 36 सेकेण्डमा पूरा गरे। बुद्धत्व प्राप्तिपछि कपिलबस्तु आउँदा बुद्धले पिता सुद्धोधनलाई पहिलोपटक भेटेको कुदानबाट म्याराथन शुरु गरिएको थियो। कुदान, तिलौराकोट, दोहनीहुदै मायादेवी बगैंचामा पुगेर म्याराथन सकिएको थियो।

सशस्त्र प्रहरीका गोपिचन्द्र पार्की 2 घण्टा 24 दशमलव 24 सेकेण्डको टाइमिङसहित दोस्रो भए। त्यस्तै नेपाल आर्मीका खगेन्द्र भाटले तेस्रो स्थानमा रेस सकाए। उनले 2 घण्टा 24 दशमलव 41 सेकेण्डमा दौड पूरा गरे। विजेता होमलालले 1 लाख नगद हात पारे। दोस्रो हुनेले 75 र तेस्रो हुनेले 50 हजार रुपैयाँ प्राप्त गरे।

'म पहिले अल्टा रनर थिएँ। म्याराथनको ट्रेनिङ गरेको 2 वर्षअघिबाट हो। बुद्ध जन्मस्थलमा आएर उपाधि जित्दा खुशी लागेको छ', होमलाल बताए। उनले जितसँगै मुलुकमा दिगो शान्ति स्थापनाका लागि बुद्धसँग प्रार्थना गरेको सुनाए।

बुद्धिष्ट सर्किट्स डट कम र एडभेन्चर स्पोर्टस् टुरिजम सोसाइटीले संयुक्त रुपमा आयोजना गरेको पर्यटन मुलक प्रतियोगितामा हाफ म्याराथनको उपाधि टंक पुनले जिते। उनले 1 घण्टा 9 दशमलव 49 सेकेण्डमा दौड पूरा गरे। दोस्रो भएका नेपाल आर्मीका रामजी बस्नेतले 1 घण्टा 10 दशमलव 28 सेकेण्डको टाइमिङ निकाले। त्यस्ते आर्मीकै टीकाराज कट्वालले दौड 1 घण्टा 10 दशमलव 31 सेकेण्डमा पूरा गर्दै आफूलाई तेस्रो स्थानमा उभ्याए।

हाफ म्याराथनका विजेताले 50 हजार उपविजेताले 35 र तेस्रो हुनेले 25 हजार रुपैयाँ प्राप्त गरेका छन्। प्रतियोगितामा 7 विदेशीसहित 55 जनाको सहभागिता रहेको इभेन्ट म्यानेजर रिकी योञ्जनले जानकारी दिए। 2–2 जना चिनीयाँ र बेलायती धावकका साथै स्पेन, इटाली र जमैकाका 1–1 जनाले प्रतियोगितामा भाग लिएका थिए।

जानकारी तथा लेखहरु