फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा अब मृगौला प्रत्यारोपण नि:शुल्क

(GMT+08:00) 2017-03-13 18:21:52

नेपाल सरकारले 2074 सालदेखि सरकारी अस्पतालमा मृगौला प्रत्यारोपण नि:शुल्क गर्ने घोषणा गरेको छ। विश्व मृगौला दिवसका अवसरमा गत बिहीबार मानव अंग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले खुलामञ्चमा गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले उक्त घोषणा गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। यसका लागि आवश्यक नीतिगत व्यवस्था र आर्थिक स्रोत सुनिश्चिततासमेत भइसकेको उहाँले बताउनुभयो। नि:शुल्क प्रत्यारोपणका लागि कर कोषबाट आएको 50 करोड रुपैयाँलाई उपयोग गरिने उहाँको भनाइ थियो।

नि:शुल्क प्रत्यारोपणपछि बिरामीले जीवनभर खानुपर्ने अत्यन्त महँगो औषधि पनि सरकारले सस्तोमा उपलब्ध गराउने तयारी गरेको छ। यसका लागि विदेशीहरूसँग सहमतिका आधारमा मुलुकमा सस्तो मूल्यमा औषधि भित्र्याइने उहाँले बताउनुभयो। यस्तै नि:शुल्क डायलासिस सेवाको विस्तार काठमाडौंबाहिरका अस्पतालमा भइरहेको उहाँले जानकारी दिनुभयो।

मोटोपनाले गर्दा हाल नेपालीमा मृगौला फेल हुने जोखिम सात गुणासम्म बढेको उल्लेख गर्दे मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक एवं प्रत्यारोपण शल्य चिकित्सक पुकारचन्द्र श्रेष्ठले आधुनिक जीवनशैली, नसर्ने रोगको बढदो उपस्थितिले मृगौला स्वास्थ्यलाई धेरै प्रभावित गरेको बताउनुभयो। विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भेन्डलरले मुलुकमा एक चौथाइसम्म मोटोपना रहेकाले स्वस्थ जीवनशैली, उचित खानपान र शारीरिक सक्रियता बढाउनुपर्ने बताउनुभयो। विश्वभरि 8 देखि 10 प्रतिशत व्यक्ति कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित छन्। नेपालमा 30 लाख व्यक्ति मृगौला रोगबाट पीडित छन् भने बर्सेनि करिब तीन हजारको मृगौला 'फेल' हुने गरेको अनुमान छ।

http://kantipur.ekantipur.com/news/2017-03-09/20170309211554.html

जानकारी तथा लेखहरु