फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ भारतको आधार तयार भएको भारतीय प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2017-03-13 18:22:12

भारतको उत्तरप्रदेशमा भारतीय जनता पार्टीले जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ भारतको आधार तयार भएको बताउनु भएको छ। अत्यधिक जनसंख्या भएको भारतीय उत्तर प्रदेशमा सत्तारुढ पार्टी भाजपाले जितेको खुशीयालीमा प्रधानमन्त्री मोदीले हिजो आइतबार उक्त धारणा राख्नु भएको सिन्ह्वा समाचार समितिले लेखेको छ।

आफ्नो पार्टीलाई भोट दिनेहरु अधिकांश युवा भएको र उनीहरु नै भारतको भविष्यको आधार भएको भन्दै उहाँले नयाँ भारतको आधार तयार भएको बताउनु भएको हो। भाजपालाई भोट दिने जनसंख्यामा 65 प्रतिशत 35 वर्षमुनिका रहेको भन्दै नयाँ भारतमा महिला र गरिब जनताको अवस्थामा सुधार हुने उहाँले बताउनुभयो। नयाँ भारत सबै युवाको सपना भएको पनि उहाँले औँल्याउनुभयो। सन् 2022 मा भारतीय स्वतन्त्रता दिवसको 75 औँ वार्षिकोत्सवसम्मा भारतलाई समृद्ध बनाउने पनि उहाँले बताउनु भएको छ। आगामी पाँच वर्षमा भारतलाई सम्पन्न बनाउन एक अर्ब 25 करोड जनसंख्याले आफूलाई साथ दिन पनि प्रधानमन्त्री मोदीले आव्हान गर्नु भएको छ।

उत्तर प्रदेशको निर्वाचनमा 403 सिटमध्ये भाजपाले 312 सिट जितेकोथियो। यो सन् 2014 पछिको भाजपाको महत्वपूर्ण जित हो।

जानकारी तथा लेखहरु