फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमपातले चीन-नेपाल राजमार्गका आंशिक भागमा अवरोध

(GMT+08:00) 2017-03-13 18:22:38

सिरेटोको प्रभावले तिब्बतको सिगाचे, न्गारी तथा ल्होका आदि क्षेत्रहरुमा बिगत केही दिनमा लगातार रुपमा चर्को हिमपात भएको छ। हिमपातका कारण केही क्षेत्रमा यातायात अवरोध पनि भएको छ। मार्च बाह्र तारिख चिनियाँ सशस्त्र प्रहरी अन्तर्गत यातायात दोस्रो टोलीका सदस्यहरुले चीन-नेपाल राजमार्गको न्यालाम जिल्लादेखि छ्वीस्याङसम्मको भागमा हिउँ पन्साएर यातायात संचालनमा ल्याउने काम गरिरहेका छन्।

सो भागमा सत्तरी सेन्टिमिरसम्म हिँउँ थुप्रिएको छ। अझ कुनै ठाउँमा त एक मिटरसम्म हिउँ थुप्रिएकाले सम्पूर्ण राजमार्ग अवरोध भएको जनाइएको छ।

सन् 1965 मा संचालनमा आएको चीन-नेपाल राजमार्गको पूर्वी भाग तिब्बतको टिङरी जिल्लादेखि खासाहुँदै काठमाडौं जोडिन्छ। यस भागको दूरी नौ सय त्रिचालीस किलोमिटर छ। यो नै तिब्बमा निर्मित पहिलो बैदेशिक राजमार्ग पनि हो।

प्राप्त अर्को समाचार अनुसार, चीन-नेपाल राजमार्गको पश्चिमी भाग ल्हाचेदेखि केरुङ नाकाहुँदै नेपालसम्म पुग्दछ। केरुङमा परेको चर्को हिमपात मार्च बाह्र तारिख मध्यन्हदेखि रोकियो छ र अवरोध भएको राजमार्ग पुन संचालनमा ल्याउन सम्बद्ध विभागहरु व्यस्तताका साथ काममा जुटिरहेका छन्।

जानकारी तथा लेखहरु