फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क राष्ट्रपतिभवनबाट निजी निवासमा

(GMT+08:00) 2017-03-13 18:23:07

महाअभियोग लगाइएर पदबाट हटाइएकी दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गुन-व्हे मार्च बाह्र तारिख बेलुकी राष्ट्रपति भवनबाट सिउलको साम्सेयौङ दोङस्थित आफ्नो निजी घरमा सर्नु भएको छ।

सत्तारुढ पार्टी स्वतन्त्र दक्षिण कोरियन पार्टीका सांसद मिन क्योङ उकले पार्कको तर्फबाट संचारमाध्यमलाई राष्ट्रपतिको कार्यावधि पूरा गर्न नसकेकोमा उहाँलाई दुःख लागेको बताउनुभयो। आफूलाई समर्थन गर्ने र विश्वास गर्ने सबै नागरिकहरुलाई उहाँले धन्यवाद पनि दिनु भएको छ। आफूले सबै परिणामको जिम्मा लिने बताउँदै उपयुक्त समयमा यथार्थ कुरा आउने विश्वास लिएको उहाँले व्यक्त गर्नु भएको छ।

गत दश तारिख दक्षिण कोरियाको संवैधानिक अदालतले पार्कलाई हटाउने प्रस्ताव पारित गरेको थियो। उहाँ दक्षिण कोरियाको संवैधानिक राजनैतिक इतिहासमा महाअभियोग लागेर हट्ने पहिलो राष्ट्रपति बन्नुभएको छ। आगामी साट्ठी दिनमा आयोजना हुने राष्ट्रपतीय निर्वाचनमा असर नपर्ने गरी अभियोजन पक्षले निर्वाचनपछि पार्कमाथि छानविन गर्ने सम्भावना रहेको समाचारमा जनाइएको छ।

जानकारी तथा लेखहरु