फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ मुक्ति सेनाको प्रतिनिधि मण्डलको पूण बैठकमा राष्ट्राध्यक्ष सी

(GMT+08:00) 2017-03-13 18:23:33

चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ हिजो मार्च बाह्र तारिख दिउँसो बार्‍हौँ चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको पाँचौं अधिवेशनमा जनमुक्ति सेनाका प्रतिनिधि मण्डलको पूर्ण बैठकमा सहभागी हुनुभएको छ।

सो अवसरमा उहाँले महत्वपूर्ण सम्बोधन पनि गर्नुभयो। उहाँले 18 औँ महाधिवेशनदेखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा केन्द्रीय सैनि आयोगको नेतृत्वमा रक्षा र सेनाको सुधारले ऐतिहासिक सफलता प्राप्त गरेको, भ्रष्टाचार नियन्त्रणमा धेरै सफलता प्राप्त गरेको बताउनुभयो।

उहाँले प्रविधिको विकासबाट जनताको जीवनस्तरमा सुधार भएको, विश्व सैन्य विकासलाई गहन रुपमा प्रभाव गरिरहेको, अझै ठूलो अठोट र शक्ति हासिल गरेर प्रविधिको सिर्जना बढाउने आवश्यक रहेको कुरामा जोड दिनुभयो।

सम्मेलनमा ली येङ मिङ, थाङ हौं लगायतका नौ जना प्रतिनिधिहरुले हतियारको विकास, नयाँ प्रविधिको लडाई झमता लगायतका विषयमा सुझाव दिनुभएको छ।

जानकारी तथा लेखहरु