फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन सम्पन्न

(GMT+08:00) 2017-03-13 18:24:27

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अकाधिवेशन आज मार्च तेह्र तारिख पैचिंगमा सम्पन्न भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ तथा राष्ट्रिय नेताहरु यस पटकको समापन समारोहमा सहभागी हुनुभएको छ।

सम्मेलनले ल्याङ चङ यिङलाई बाह्रौं राष्ट्रिय समितिको थप उपाध्यक्षमा निर्वाचित गरेको छ। चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन कार्य प्रतिवेदन सम्बन्धी निर्णयलाई पारित गरिएको छ।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष यु चङ शङले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशन आयोजना हुने बताउँदै पार्टी र मुलुकका लागि यो निकै महत्वपूर्ण कार्य रहेको औँल्याउनुभयो। उहाँले जन राजनीतिक परामर्शदात्री सम्मेलनका विभिन्न स्तरका संगठन र जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्यहरुको जिम्मेवारी धेरै ठूलो रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु