फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरिया र अमेरिकी संयुक्त सैनिक अभ्यासबारे चीनको प्रतिक्रिया

(GMT+08:00) 2017-03-13 18:38:30

दक्षिण कोरिया र अमेरिकाले मार्च तेह्र तारिख "प्रमुख प्रतिवद्धता" नामक सैयुक्त सैनिक अभ्यास आयोजना गरेका छन्। सोबारे चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यिङले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा कोरियाली प्रायद्बिप परिस्थति उच्च संवेदनशील र जटिल विषय रहेको भन्दै सम्बन्धित पक्षले कोरियाली प्रायद्बीपको परिस्थितिलाई ध्यान दिनपर्ने बताउनुभयो। उहाँले क्षेत्रीय शान्ति र स्थिरताको सुरक्षा गर्नुपर्ने उल्लेख गर्दै यसको विरुद्धमा जान कोही पनि नसक्ने विचार व्यक्त गर्नु भयो।

चीनका परराष्ट्र मन्त्री वाङ यीले "दुइ अधिवेशन"का बारेमा आयोजना गर्नु भएको पत्रकार सम्मेलनको प्रसङ्ग उल्लेख गर्दै प्रवक्ता ह्वाले कोरियाली प्रायद्बिप समस्याको समाधान गर्नका लागि आणविक रहित र युद्ध विराम प्रणालीलाई शान्ति सम्झौता प्रणालीसम्म परिवर्तन गर्न आवश्यक रहेको चिनियाँ परराष्ट्रमन्त्री वाङले व्यक्त गर्नु भएको उल्लेख गर्नुभयो। यसका साथै परराष्ट्रमन्त्री वाङले उत्तर कोरियाले आणविक कारवाही स्थगित गर्नुपर्ने, दक्षिण कोरिया र अमेरिकाले ठूलो परिमाणको सैनिक अभ्यास स्थगित गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभएको प्रवक्ता ह्वाले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु