फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायती संसदद्वारा यूरोपेली संघबाट हट्ने कानुन पारित

(GMT+08:00) 2017-03-14 18:08:34

बेलायती संसदको माथिल्लो सदनमा मार्च तेह्र तारिख बेलुकी गरिएको मतदानमा यूरोपेली संघबाट हट्ने विधेयक पारित भएको छ। बेलायत सरकारले यूरोपेली संघबाट हट्ने अन्तिम कानुनी बाधा हटाएको छ। बेलायती महारानीबाट लालमोहर लागेपछि यूरोपेली संघबाट हट्ने प्रक्रियालाई तुरुन्तै शुरु गरी बेलायती प्रधानमन्त्रीले यूरोपेली संघसँग वार्ता गर्नुहुने छ।

बेलायती प्रधान मन्त्री थेरेसा मैले यही मार्च चौध तारिख यूरोपेली संघबाट हट्ने प्रक्रिया शुरु गर्नुहुने अपेक्षा गरिएको छ।

यूरोपेली संघको कानुन वमोजिम, बेलायतले यूरोपेली संघबाट औपचारिक रुपमा हट्न शुरु गरेमा सन् 2019 को शुरुमा यूरोपेली संघका अन्य सत्ताइस सदस्यसँगको वार्तालाई पूरा गर्नुपर्छ।

जानकारी तथा लेखहरु