फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँग परिणामुखी सकारात्मक सम्बन्ध निर्माण हुने अमेरिकाको आशा

(GMT+08:00) 2017-03-14 18:09:21

अमेरिकी कार्यवाहक सहायक विदेश मन्त्री सुसन थोर्न्टोनले मार्च तेह्र तारिख अमेरिकाले चीनसँग परिणामुखी सकारात्मक सम्बन्ध निर्माण गर्ने आशा गरेको बताउनुभयो।

सुसनले हिजै आयोजित पत्रकार सम्मेलनमा चीन भ्रमण गर्नुहुने अमेरिकी विदेश मन्त्री रेक्स टिल्लेर्सनले चीनका प्रतिनिधिसँग चुनौति र अवसरबारे वार्ता गर्नुहुने बताउनुभयो। रेक्सको यस पटकको भ्रमणको मुख्य विषय चीनसँग परिणामुखी सकारात्मक सम्बन्ध निर्माण गर्ने रहेको उहाँले बताउनुभयो।

अमेरिकी राज्य परिषदका प्रवक्ता मार्क टोनरले मार्च तेह्र तारिख आयोजित पत्रकार सम्मेलनमा चीन अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण राष्ट्र रहेको भन्दै अमेरिका र चीनले साझा चासो रहेका समस्यामा सहयोग गर्दै एशिया प्रशान्त क्षेत्रमा हित पुर्‍याउने बताउनुभयो।

अमेरिकी राज्य परिषदको एउटा वक्तव्यमा रेक्स मार्च पन्ध्र तारिख जापान भ्रमणमा गरी सत्र तारिख दक्षिण कोरियाको भ्रमण गर्ने र अठार तारिख चीनको भ्रमण गर्नुहुने उल्लेख छ।

जानकारी तथा लेखहरु