फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्च पन्ध्र बाह्रौं चिनियाँ राष्ट्रिय जनकंग्रेसको पाँचौं अधिवेशन सम्पन्न हुने

(GMT+08:00) 2017-03-14 18:21:24

मार्च पन्ध्र बाह्रौं चिनियाँ राष्ट्रिय जन कंग्रेसको पाँचौं अधिवेशन समापन समारोह बेइजिङस्थित जन बृहत सभाभवनमा आयोजना हुने भएको छ। सो समारोहमा सरकारी कार्य प्रतिवेदन, आर्थिक तथा सामाजिक विकास योजनाको कार्यन्वयन अवस्था 2016 र आर्थिक तथा सामाजिक विकास योजना 2017 माथि मतदान गरिनेछ। त्यसैगरी केन्द्रीय सरकार तथा स्थानीय बजेटको कार्यन्वयन अवस्था 2016 र केन्द्रीय सरकार तथा स्थानीय बजेट 2017 माथि पनि अन्तिम मतदान हुँदै जन कंग्रेस स्थायी समितिको कार्य प्रतिवेदन, सर्वोच्च अदालत कार्य प्रतिवेदन, सर्वोच्च जन न्यायाधिवक्ता कार्यालय कार्य प्रतिवेदन लगायत छवटा निर्णय-प्रस्तावको मसौदामा पनि मतदान गरिने छ।

जनगणतन्त्र चीन नागरिक ऐनको मस्यौदा, तेह्रौं राष्ट्रिय जन कंग्रेसका प्रतिनिधिको संख्या तथा छनौट विषय सम्बन्धी निर्णयको मस्यौदा, हङ्गकङ्ग तथा मकाउ विशेष प्रशासनिक क्षेत्रबाट तेह्रौं राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि छनौट गरिने तरिका मस्यौदामाथि पनि मतदान हुनेछ। स्यु स्यानमिङले बाह्रौं चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिको सदस्यबाट दिनुभएको राजीनामा पनि स्वीकृत गर्ने निर्णयमा मतदान हुनेछ।

पाँचौं अधिवेशन सम्पन्न भएपछि चीनका प्रधान मन्त्री ली खछ्याङले चिनियाँ तथा विदेशी पत्रकारहरुबाट सोधिने प्रश्नहरुको जवाफ दिनुहुने छ।

जानकारी तथा लेखहरु