फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप प्रधानमन्त्री वाङ याङले फिलिपिन्सको भ्रमण गर्नुहुने

(GMT+08:00) 2017-03-14 18:21:40

चीनका उप प्रधानमन्त्री वाङ याङले मार्च सोह्र तारिखदेखि उन्नाईस तारिखसम्म फिलिपिन्सको औपचारिक भ्रमण हुनुहुने छ। उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयले मार्च चौध तारिख जनाएको हो। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यिङले वाङ याङको यो भ्रमणबाट चीन र फिलिपिन्स बीचको शान्ति र विकास रणनीतिक सहयोग सम्बन्धलाई नयाँ स्तरमा बढाउने बताउनुभयो।

भ्रमणका अवसरमा उप प्रधानमन्त्री वाङले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसँग भेट-वार्ता गर्नुहुने छ। साथै उहाँले "चीन-आशियान पर्यटन सहयोग वर्ष"को उद्धाटन समारोहमा सहभागी भई चीन फिलिपिन्स आर्थिक व्यापार मञ्चको उद्धाटन समारोहमा भाग लिनुहुनेछ। उहाँले सो अवसरमा सम्बोधन पनि गर्नुहुनेछ।

जानकारी तथा लेखहरु