फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र बेलायतका प्रधानमन्त्रीद्वारा शुभकामना आदानप्रदान

(GMT+08:00) 2017-03-14 18:22:48

 मार्च तेह्र तारिख चीन र बेलायत दौत्य सम्बन्ध स्थापना भएको 45 औँ वार्षिकोत्सवका अवसरमा चीनका प्रधानमन्त्री ली ख छ्याङ र बेलायती प्रधानमन्त्री थेरेसा मेरी मेसँग शुभकामना सन्देश आदानप्रदान गर्नु भएको छ।

प्रधानमन्त्री लीले सन्देशमा 45 वर्षदेखि चीन र बेलायत बीचको आपसी हित सहयोगमा धेरै सफलता प्राप्त भएको बताउँदै सांस्कृति आदान प्रदान अझ घनिष्ट भइरहेको बताउनभुयो। उहाँले दुवै मुलुकका जनताले वास्तविक रुपमा फाइदा पाएको पनि उल्लेख गर्नुभयो। चीनले बेलायतसँग संयुक्त प्रयास गर्दै आपसी राजनीतिक विश्वास मजबूत गर्दै आपसी सहयोगलाई अझै बढी सफलतामा पुर्‍याउने आशा प्रधानमन्त्री लीले व्यक्त गर्नुभयो।

बेलायती प्रधानमन्त्री थेरेसा मेरी मेले चीन सरकार र जनता शुभकामना दिँदै दुवै मुलुक बीचको साझेदारी सम्बन्धमा दिगोपन रहेको र उच्च स्तरीय वार्तामा धेरै सफलता प्राप्त भएको विचार व्यक्त गर्नुभयो। उहाँले आफ्नो शुभकामनामा व्यापार तथा लगानी सम्बन्ध अझ घनिष्ट भएको, सांस्कृति आदान-प्रदान गहन भएको बताउनुभयो। आगामी समयमा दुवै मुलुक बीचको सहयोगमा झन् बढी सफलता हासिल हुने आशा उहाँले पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु