फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रधानमन्त्रीद्बारा मोबाइलफोनको एपबाट "नयाँ भारत" को घोषणा

(GMT+08:00) 2017-03-14 18:23:15

 "इन्डिया टाइम्स"ले मार्च बाह्र तारिखमा उल्लेख गरेअनुसार, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मोबाइलफोनको एउटा सरकारी एपबाट "नयाँ भारत" सम्बन्धी कार्यक्रम प्रस्तुत गर्दै भारतीय जनताहरुलाई नयाँ भारत निर्माण गर्न आह्वान गर्नुभयो।

होली पर्वमार्फत त्यसअघि तर्जुमा गरिएका केही लक्ष्यलाई साकार तुल्याउने भारतीय प्रधानमन्त्री मोदीले आशा प्रकट गर्नु भएको छ। भ्रष्टाचार सून्य भारत निर्माण, राष्ट्रभरिमा नगदको सट्टा विद्युत्तीय कारोबार लगायतका लक्ष्य प्रधानमन्त्री मोदीले राख्नु भएको छ।

प्रधानमन्त्री मोदीले भारतको सफलतामा पुरातनवादी सोचलाई परिवर्तन गर्नका लागि हरेक भारतीयको प्रयास हुनुपर्ने उल्लेख गर्दै भारतीय युवाहरुको सिर्जना र मेहनत आवश्यक रहेको कुरामा जोड दिनु भएको छ।

जानकारी तथा लेखहरु