फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व आर्थिक बृद्धिदरमा चीनको योगदान कम नहुने प्रधानमन्त्री लीको भनाइ

(GMT+08:00) 2017-03-15 12:40:13

चीनका प्रधानमन्त्री ली ख छ्याङले मार्च 15 तारिख बताउनु भए अनुसार चालु वर्ष चीनको आर्थिक बृद्धि दर 6.5 प्रतिशत रहने छ। उहाँले यो लक्ष्यभन्दा कम नभएको तर प्राप्त गर्न पनि सजिलो नभएको बताउनु भएको छ। यो लक्ष्य हालको आर्थिक व्यवस्थाको अनुकूल रहेको बताउँदै विश्व आर्थिक बृद्धिदरमा चीनको योगदान कम नहुने कुरामा प्रधानमन्त्री लीले जोड दिनुभयो।

प्रधानमन्त्री लीले यही वर्ष चीनको आर्थिक बृद्धि दर साकार तुल्याएकोमा आर्थिकबृद्धिको कूल रकम गत वर्षको तुलनामा झन् बढी हुने उल्लेख गर्नुभयो। चीनको आर्थिक कूल रकम एघार खर्ब अमेरिकी डलर पुगेको छ, यो आधारमा 6.5 प्रतिशतको बृद्धि दर सजिलो नभएको उहाँले स्पष्ट पार्नुभयो।

चीनको वित्तीय जोखिम समस्याबारे बोल्दै प्रधानमन्त्री लीले चीनको वित्तीय प्रणाली समग्र सुरक्षित रहेको र प्रणाली जोखिम उत्पन्न नहुने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु