फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा पहिलो पटक ढुङ्गेयुग क्षेत्र पत्ता लाग्यो

(GMT+08:00) 2017-03-15 16:39:12

तिब्बत स्वायत्त प्रदेशीय सांस्कृतिक अवशेष ब्यूरोका अनुसार, चिनियाँ विज्ञान प्रतिष्ठानको हड्डी तथा पुरानो मानव अध्ययन केन्द्र र तिब्बत स्वायत्त प्रदेशीय सांस्कृतिक अवशेष संरक्षण अध्ययन केन्द्रले निआमुदी साइट उत्खन्न गर्दा चार हजारभन्दा बढी सांस्कृतिक अवशेष सामग्री भेटाएका छन्। यो क्षेत्र समुद्र सतहदेखि चार हजार छ सय मिटर उचाइमा उत्तरी तिब्बती पठारमा पर्छ र छिङ हाइ-तिब्बत पठारको केन्द्रीय क्षेत्रमा रहेको चट्टानको स्तर र कालक्रम आधारित ढुङ्गेयुग क्षेत्र पत्ता लागेको यो पहिलो पटक हो।

निआमुदी साइट छिङ हाइ-तिब्बत पठारको केन्द्रीय क्षेत्रको उत्तरी तिब्बती पठार ताल क्षेत्रमा पर्छ। त्यहाँ फराकिलो छ र ढुङ्गे सामग्री निकै गहन फैलिन्छ। सन् 2016 मा चीनको राष्ट्रिय सांस्कृतिक अवशेष ब्यूरोको स्वीकृतिमा चिनियाँ विज्ञान प्रतिष्ठानको हड्डी तथा पुरानो मानव अध्ययन केन्द्र र तिब्बत स्वायत्त प्रदेशीय सांस्कृतिक अवशेष संरक्षण अध्ययन केन्द्रले संयुक्त रुपमा त्यसको उत्खन्न गर्न थालेको थियो।

जानकारी तथा लेखहरु