फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका सम्बन्धमा प्रधानमन्त्री ली ख छ्याङको भनाइ

(GMT+08:00) 2017-03-15 16:39:45

चीनका प्रधानमन्त्री ली ख छ्याङले चीन-अमेरिका सम्बन्धमा जटिल अवस्था देखिए पनि प्रगति भइरहेको र आफू थप आशावादी भएको बताउनु भएको छ। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदबहाली गरेपछि राष्ट्राध्यक्ष सी चिन फिङसँग टेलिफोन संवाद गर्नु भएको र दुई नेताले चीन-अमेरिका सम्बन्धलाई अरु विकास गर्ने विचार व्यक्त गर्नुभएको बताउनुभयो। हाल दुई देशका विदेश विभागले दुई नेताबीचको पहिलो वार्ताको लागि छलफल गरिरहेको जानकारी पनि उहाँले दिनुभयो। चीन र अमेरिकाले रणनीतिमा ध्यान राखेर आपसी सम्पर्क बढाउनुपर्ने कुरा पनि प्रधानमन्त्री लीले व्यक्त गर्नुभयो।

चिनियाँ राष्ट्रिय जन-कंग्रेसको अधिवेशन सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री लीले उक्त कुरा बताउनुभएको हो। चीन र अमेरिकाबीच व्यापारिक युद्ध हुनसक्छ कि भन्ने पत्रकारको प्रश्नमा ली ख छ्याङले चीनले व्यापारिक युद्ध गर्ने आशा लिँदैनौँ र मतभेदको नियन्त्रण गर्न क्षमता राख्छ भन्दै साझा हित विस्तार गर्ने चीनको चाहना र शर्त रहेको स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु