फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मधेशी मोर्चाद्वारा नेपाल सरकारलाई दिएको समर्थन फिर्ता

(GMT+08:00) 2017-03-15 16:40:09

नेपाली संचारमाध्यमका अनुसार, मधेशी संयुक्त लोकतान्त्रिक मोर्चाले मार्च 14 तारिख काठमाडौँमा बैठक गरी वर्तमान गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

यसअघि नेपाल सरकारले आगामी मे चौध तारिख स्थानीय चुनाव गर्ने निर्णय गरेको थियो। नेपाली पत्रिका हिमालय टाइम्सका अनुसार, गत मार्च आठ तारिख मधेशी संयुक्त लोकतान्त्रिक मोर्चाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सात दिने अन्तिम अल्टिमेटम दिएर स्थानीय चुनाव स्थगित गर्ने लगायतका माग उठाएको थियो। मोर्चाले हालसम्म सरकार, नेपाली कांग्रेस लगायत ठूला दलबा कुनै प्रतिक्रिया नपाएकाले मधेशी संयुक्त लोकतान्त्रिक मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएको हो।

जानकारी तथा लेखहरु