फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले स्वतन्त्रता व्यापार समर्थन गरिरहेको प्रधानमन्त्री लीको भनाइ

(GMT+08:00) 2017-03-15 16:40:36

चीनका प्रधानमन्त्री ली ख छ्याङले मार्च 15 तारिख पैचिंगमा विश्व आर्थिक विकासमा केही मन्दी देखिएकोमा चीनले विश्व आर्थिक विकासलाई सधैँ समर्थन गर्दै स्वतन्त्रत व्यपारको अडान राखेको बताउनुभयो।

विश्वका विभिन्न मुलुकले विश्वव्यापीकरणबाट फाइदा पाएको तर विश्वव्यापीकरण प्रक्रियामा केहि समस्या देखिएको भन्दै प्रधानमन्त्री लीले विश्वका विभिन्न मुलुकसँग विश्वव्यापीकरण प्रणालीलाई सुधार गर्ने चीनले सघाउने बताउनुभयो।

गत वर्ष चीनमा विदेशी लगानी एक खर्ब छब्बीस अर्ब अमेरिकी डलर प्रवेश गरेको छ। यस वर्ष "एक पेटी एक मार्ग" अन्तर्राष्ट्रिय शिखर सहयोग मञ्च आयोजना हुने बताउँदै धेरै मुलुकसँग स्वतन्त्र व्यापार क्षेत्र निर्माण गरी लगानि तथा व्यापार सम्झौता वार्ता आयोजना हुने पनि उहाँले बताउनु भयो। सोबाट चीनले खुलापनलाई विस्तार गरिने अठोट देखेको उहाँले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु