फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कञ्चनपुर घटनामा गल्ती स्वीकार्न भारतलाई नेपालको आग्रह

(GMT+08:00) 2017-03-16 17:52:27

नेपालका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्बासका गोविन्द गौतम मारिएको घटनामा गल्ती स्वीकार (रिग्रेट) गर्न भारतीय पक्षलाई आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँगको भेटवार्ताका क्रममा निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारलाई यसमा 'रिग्रेट गर्न आग्रह' गर्नुभएको कान्तिपुर अनलाइनले लेखेको छ। आतंकवाद सम्वन्धी एक सम्मेलनमा भाग लिन भारत जानु भएका निधी यतिवेला भारतीय अधिकारी तथा नेताहरुसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ। उहाँले नेपालको अनुसन्धानले गोली भारतीय सुरक्षाकर्मीबाट नै चलेको देखिएको डोभललाई जानकारी गराउनु भएको थियो।

प्रत्युत्तरमा डोभलले घटना दु:खदायी भएको बताउनुभयो। 'हाम्रो अनुसन्धानले गोली भारतीय पक्षबाट नै चलेको देखाएको छ। त्यसमा भारतीय पक्षले रिग्रेट गर्नुपर्छ भनेको छु,' भेटघाटपछि निधीले भन्नुभयो। निधिले भारतीय पक्षले मागे अनुसार गौतमको पोष्टमार्टम रिपोर्ट उनीहरुलाई उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो।

'हामीले गृह र परराष्ट्र हुँदै रिपोर्ट भारतलाई पठाउने प्रक्रिया सुरु गरिसकेका छौ,' उहाँले भन्नुभयो। निधिले आफू नयाँ दिल्लीमा हुँदै पोस्टमार्टम रिपोर्ट भारतलाई दिन लागिपरेका उहाँले बताउनुभयो। भारतले भने घटनाको अनुसन्धानपछि मात्र केही भन्न सकिने बताएको छ।

भारतले यस अघि नै घट्नाबारे आफ्नो तर्फबाट छानबिन शुरु भएको बताएको थियो। निधि र डोभलबीचमा दुई देशको सीमामा रहेका समस्या समाधान गर्ने विषयमा समेत कुराकानी भएको थियो। निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसंग भेटघाट गर्ने तय भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटघाट गर्ने भनिए पनि समय तय भइसकेको छैन्।

निधीको भ्रमणलाई नेपाल र भारत दुवैतर्फका अधिकारीहरूले एक अर्काको राय बुझ्ने अवसरका रुपमा उपयोग गरिरहेको स्रोतले जनायो। भारतले मधेशवादी दलहरुको माग र निर्वाचनबारे सरकारको धारणा बुझ्न चाहेको छ। मधेशवादी दलहरुका माग सम्वोधन गरेरमात्र निर्वाचनमा जान उसको आग्रह छ।

http://kantipur.ekantipur.com/news/2017-03-15/20170315210719.html

जानकारी तथा लेखहरु