फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिलीमा एशिया प्रशान्त क्षेत्रीय आर्थिक एकीकरण उच्च स्तरीय वार्ता

(GMT+08:00) 2017-03-16 17:54:25

 एशिया प्रशान्त क्षेत्रीय आर्थिक एकीकरण उच्च स्तरीय वार्ता हिजो मार्च पन्ध्र तारिख चिलीमा सम्पन्न भयो।

सो वार्तामा सहभागी हुनुभएका चीनका ल्याटिन अमेरिकी विशेष प्रतिनिधि यिङ हङ मिङले सम्बोधन गर्दै चीनले क्षेत्रीय आर्थिक एकीकरणलाई कडा समर्थन गरेको बताउनुभयो। उहाँले चीन खुलापन, समावेशी, सम्पर्कको विकास बाटोमा हिँडेको बताउँदै सहयोग र साझा समृद्धि बढाएको उल्लेख गर्नुभयो।

उहाँले विश्व आर्थिक पुनःरुत्थान शुष्त भएको भन्दै विश्व आर्थिक बृद्धि शक्ति कम रहेको तर एशिया प्रशान्त विश्वमा सबैभन्दा शक्तिशाली र निश्चित बृद्धि शक्ति रहेको क्षेत्रहरुमध्ये एक रहेको स्पष्ट पार्नुभयो। उहाँले क्षेत्रीय आर्थिक सहयोग बढाउनका लागि चीनको तर्फबाट चारवटा सुझाव प्रस्तुत गर्नुभयो। आर्थिक विश्वव्यापीकरण प्रक्रियालाई कडा समर्थन गर्ने, कूनै किसिमको सुरक्षाबादलाई विरोध गर्ने, एशिया प्रशान्त स्वतन्त्र व्यापार क्षेत्र निर्माण गर्ने र क्षेत्रीय अन्तरसंजाल बढाउने उहाँले अगाडि सारेका चारवटा सुझावहरु हुन्।

जानकारी तथा लेखहरु