फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी फेडरल रिजर्व बोर्डद्वारा तेस्रो पटक व्याज वृद्धि

(GMT+08:00) 2017-03-16 17:55:32

अमेरिकी फेडरल रिजर्व बोर्ड फेडले हिजो मार्च पन्ध्र तारिख व्याज बढाउने निर्णय गर्दै 0.75 बाट 1 प्रतिशत पुग्ने घोषणा गरेको छ। वित्तीय संकटदेखि फेडले तेस्रो पटक व्याज बढाउने निर्णय गरेको हो। यस कार्यलाई बजारको अपेक्षा अनुकूल मानिएको छ।

फेडले हिजै एउटा वक्तव्य प्रकाशित गर्दै फेब्रुअरीदेखि आर्थिक सूचकका अनुसार अमेरिकी रोजगारी सुधार जारी रहेको, घरेलु उपभोगमा सन्तोषजनक बृद्धि भएको, व्यवसाय लगानी स्थिर रहेको र कूल आर्थिक सन्तोषजनक रुपमा विस्तार भएको जनाएको छ।

हिजो प्रकाशित चौथाई आर्थिक पूर्वानुमानका अनुसार, यस वर्ष अमेरिकी आर्थिक बृद्धि दर 2.1 प्रतिशत रहनेछ।यस वर्षको अन्तमा बेरोजगारी दर 4.5 प्रतिशत पुग्ने अनुमान गरिएको छ।

जानकारी तथा लेखहरु