फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण चीन सागरसम्बन्धी जापानी गतिबिधिबारे चीनको प्रतिक्रिया

(GMT+08:00) 2017-03-16 18:45:18

जापानले आफ्नो हितको लागि दक्षिण चीन सागमा गतिबिधि चालिरहेबाट चिनियाँ जनता असन्तुष्ट रहेको चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले बताउनु भएको छ। जापानले यसो गरिरहे अथवा सैन्यमार्फत दक्षिणी चीन सागरमा संगल्न भएमा चीनले कडा कदम चाल्ने पनि उहाँले बताउनुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छोन यिङले उक्त कुरा बताउनुभएको हो। प्राप्त समाचारअनुसार, जापानले सुरक्षा बलको सबभन्दा ठूलो संहारक पानी जहाजलाई खटाएर दक्षिण चीन सागर तथा हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास गर्नेछ। यो जापानको दक्षिणी चीन सागरमा सैन्य हस्तक्षेप बढाउने गतिबिधि हो र अरु मुलुकलाई समर्थन दिएर चीनको बल घटाउने उसको लक्ष्य रहेको सम्बन्धित टिप्पणीमा लेखिएको छ। त्यससम्बन्धी पत्रकारको प्रश्नको उत्तर दिँदै प्रवक्ता ह्वाले गत वर्षदेखि चीन र आशिया मुलुकको संयुक्त प्रयासमा दक्षिण चीन सागरको राम्रो विकास प्रवृत्ति देखिएको र सो क्षेत्रबाहेकका मुलुकले क्षेत्रीय मुलुकलाई सम्मान दिएर दक्षिण चीन सागर क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु