फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष र पाकिस्तानी स्थलसेनाका चिफ अफ स्टाफबीच भेट

(GMT+08:00) 2017-03-16 18:45:48

चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष फान छाङ लुङले मार्च सोह्र तारिख चीन भ्रमणमा रहनुभएका पाकिस्तानी स्थलसेनाका चिफ अफ स्टाफ कामार जाभेद बाजवासँग भेट गर्नुभयो। सो अवसरमा दुई पक्षले आपसी सैनिक सम्बन्ध, क्षेत्रीय सुरक्षा आदि साझा रुचिका विषयबारे गहिरो रुपमा बैचारिक आदान-प्रदान गर्नुभएको छ।

फान छाङ लुङले चीन र पाकिस्तान सदाबहार रणनीति सहयोग साझेदारी रहेको बताउँदै दुई देशका जनताबीच दाजु-भाइ जस्तो मित्रता रहेको बिचार व्यक्त गर्नुभयो। चीन-पाकिस्तान आर्थिक कोरिडरको सुरक्षाको संरक्षण गर्न पाकिस्तानी सेनाले गरेको सक्रिय प्रयासमाथि चीनले धन्यवाद ज्ञापन गर्नुका साथै पाकिस्तानसँग अरु सहयोग गरी दुई सेनाबीच विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई नयाँ स्तरमा ल्याउने इच्छा लिएको पनि फान छाङ लुङले बताउनुभयो।

प्रत्युत्तरमा बाजवाले पाकिस्तानले चीनसँग संयुक्त प्रयास गरी विभिन्न क्षेत्रका व्यावहारिक सहयोग बढाएर आतंकबादीमाथि प्रहरी गरी दुई देशका जनतालाई फाइदा पुर्‍याउने इच्छा लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु